भारतीय चुनाव : कन्हैया कुमार र राहुल गान्धी पछाडि
काठमाडौं, जेठ ९ : भारतीय लोकसभा निर्वाचनमा चर्चित नेताहरू पनि पछाडि परेका छन्।
कम्युनिष्ट पार्टीबाट चुनाव लडिरहेको चर्चित युवा नेता कन्हैया ....
काठमाडौं, जेठ ९ : भारतीय लोकसभा निर्वाचनमा चर्चित नेताहरू पनि पछाडि परेका छन्।
कम्युनिष्ट पार्टीबाट चुनाव लडिरहेको चर्चित युवा नेता कन्हैया कुमार पछाडि परेका छन्। बेगूरायबाट चुनाव लडिरहेका उनी केन्द्रीय मन्त्री गिरिराज सिंहसँग पछाडि परेका हुन्। पछिल्लो मत परिणाम अनुसार, उनी एक लाख ७१ हजार मतले पछाडि छन्।
त्यस्तै, कांग्रेस अध्यक्ष राहुल गान्धी पनि पछाडि परेका छन्। उनलाई अमेठीमा केन्द्रीय मन्त्री स्मृति इरानीले पछाडि पारेकी छन्।
अर्को चुनाव क्षेत्र केरलाको वायनाडबाट भने राहुल दुई लाख भोटले अगाडि छन्।
त्यस्तै, मुम्बई बम विस्फोटकी अभियुक्त प्रज्ञा ठाकुर पनि अगाडि छन्। उनी कांग्रेस नेता दिग्वीजय सिंहभन्दा एक लाख ७० हजार भोटल अगाडि छन्।
कांग्रेस पूर्वअध्यक्ष सोनिया गान्धी अगाडि छन्। उनी रायबरेलीबाट २८ हजार मतले अगाडि रहेकी छन्।
यस्तै, प्रधानमन्त्री नरेन्द्र मोदी बनारसमा अगाडि छन्। भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह पनि गान्धीनगरबाट अगाडि रहेका छन्।
मध्याह्नसम्मको मतगगणना अनुसार, भाजपा नेतृत्वको एनडीए अग्रस्थानमा रहेको छ। एनडीए तीन सय ४५ सिटमा अगाडि छ।
त्यस्तै, कांग्रेस ९१ स्थानमा अगाडि छ भने मायावती र अखिलेश यादवको महागठबन्धन २० सिटमा अगाडि रहेको छ। अन्य दल ८६ सिटमा अगाडि छन्।
भारतीय लोकसभाको पाँच सय ४२ सिटमै मतगणना भइरहेको छ।






