सुनको जलहरि लगाउन अपुग भएकाले ३० करोड दिन लागिएको हो : संस्कृतिमन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरि लगाउन पशुपति क्षेत्र विकास कोषसँग ५० करोड रकम अपुग भएकाले ३० करोड सरकारले दिन लागेको बताएका छन् ।
काठमाडौं, माघ १९ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरि लगाउन पशुपति क्षेत्र विकास कोषसँग ५० करोड रकम अपुग भएकाले ३० करोड सरकारले दिन लागेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले मन्दिरमा चढाइएको पानी तल जाने र त्यसले मन्दिरको भौतिक संरचनामा असर गर्ने हुनाले पुरानो निर्णयानुसार नै जलहरि लगाउने निर्णय कार्यान्वयन गर्न लागिएको जानकारी दिए ।
मन्त्री ढकालले सत्तारूढ पार्टी नेपाल कम्युनिष्ट पार्टी९नेकपा०को यही माघ २३ गते हुने आमसभाका लागि फराकिलो ठाउँ चाहिएकाले नारायणहिटी दरबार मार्ग क्षेत्र रोजिएको स्पष्ट गरे । उनले संवैधानिक परिषद्को सिफारिस फिर्ताले केही असर नगर्ने जनाउँदै परिषद्को निर्णयअनुसार नै नियुक्ति हुने बताए ।
प्रकाशित मिति: १८:५३ बजे, सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











