Kathmandu Press

प्रतिनिधिसभा विघटनको कदम सच्याउनुपर्छ : नेता सिंह   

 नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटनको कदम सच्याउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा विघटनको कदम सच्याउनुपर्छ : नेता सिंह   

काठमाडौं, माघ १९ :   नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटनको कदम सच्याउनुपर्ने बताएका छन् । कांग्रेसका भ्रातृ संस्थाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले नेपालको संविधानमा बहुमतप्राप्त दलका प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने व्यवस्था स्पष्ट रुपमा उल्लेख भएको बताउँदै साे कदम सच्याउनुपर्ने बताएका हुन् ।

न्यायमूर्तिहरुले संविधानमा भएको व्यवस्थानुसार न्यायिक निर्णय गर्ने विश्वास उनले व्यक्त गरे । 

यही माघ १३ गतेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयानुसार पार्टीका भ्रातृ संस्था नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम सङ्घ, नेपाल तामाङ संघ, नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाजले विरोध प्रदर्शन गरेका हुन् ।   
 

प्रकाशित मिति: १७:५८ बजे, सोमबार, माघ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्