प्रधानमन्त्रीद्वारा सबैभन्दा ठूलो क्षमताको विद्युत् सबस्टेसन उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा जिल्लाको ढल्केबरस्थित देशको सबैभन्दा ठूलो क्षमताको विद्युत् सबस्टेसनको आज उद्घाटन गरेका छन् ।काठमाडौं, माघ १९ : प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा जिल्लाको ढल्केबरस्थित देशको सबैभन्दा ठूलो क्षमताको विद्युत् सबस्टेसनको आज उद्घाटन गरेका छन् ।
नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी तथा विश्व बैंकको सहुलियतपूर्ण ऋणमा निर्मित सबस्टेसन ४००,२२० र १३२ केभी क्षमताको छ ।
संघीय सरकारको राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत निर्माण भएको जिआइएस प्रविधियुक्त सो सबस्टेसनमा हाल ३१५ एमभीएका तीन थान, ४०० र २२० केभी ट्रान्सफर्मर तथा ८० एमभीए क्षमताको एक थान, ४०० केभी रियाक्टर जडित छ, जसबाट करिब ९०० मेगावाट विद्युत् आदानप्रदान गर्न सकिन्छ ।
प्रकाशित मिति: १७:४० बजे, सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











