काठमाडौंका १३ केन्द्रबाट आइतबारसम्म १७ हजार ९५२ लाई कोभिड–१९ खोप
काठमाडौं, माघ १९ : नेपालमा कोरोनाविरुद्धको खोप वितरण कार्य गत १४ गतेबाट सुरु भएको हो। पहिलो चरणमा स्वास्थ्य क्षेत्रमा कार्यरत फ्रन्टलाईनमा कार्यरत कर्मचारीलाई प्राथमिकतामा...काठमाडौं, माघ १९ : १४ माघदेखि नेपालमा कोभिड–१९ विरुद्ध खोप वितरण सुरु भएको हो । १८ माघसम्ममा काठमाडौंमा मात्र १७ हजार नौ सय ५२ जनाले खोप लगाएका छन् ।
पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई खोपका लागि प्राथमिकता दिइएको जिल्ला सार्वजनिक स्वाथ्य कार्यालय, काठमाडौंले जनाएको छ ।
कार्यालयका अनुसार काठमाडौंमा कुल १३ वटा केन्द्र तोकेर खोप लगाउन सुरु भएको हो । तीमध्ये शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा १४ माघमा १०८, १५ माघमा १५०, १६ माघमा १९४, १७ माघमा ८२ र १८ माघमा २७९ गरी आठ सय १३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
यस्तै, वीर अस्पतालमा १४ माघमा ३९३, १५ माघमा ५५०, १६ माघमा ३९८, १७ माघमा ९५ र १८ माघमा ३१० गरी एक हजार सात सय ६२ जनाले खोप लिइसकेका छन् । त्रिवि शिक्षण अस्पतालमा १४ माघमा १९२, १५ माघमा ३४३, १६ माघमा ४३८, १७ माघमा ३६१ जना र १८ माघमा ५९२ गरी एक हजार नौ सय २६ जनाले खोप लगाएका छन् ।
परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालमा १४ माघमा २७३, १५ माघमा ३७६, १६ माघमा ४३८, १७ माघमा २०९ र १८ माघमा ४९२ गरी एक हजार सात सय ८८ जनाले खोप लगाएका छन् ।
यस्तै, वीरेन्द्र सैनिक अस्पतालमा १४ माघमा १४०, १५ माघमा १४८, १६ माघमा १७१, १७ माघमा २२२ र १८ माघमा २२८ गरी नौ सय नौजनाले खोप लगाएका छन् । नेपाल प्रहरी अस्पतालमा एक हजार पाँच सय जनाले खोप लिएका छन् । तीमध्ये १४ माघमा १००, १५ माघमा ३८०, १६ माघमा २३०, १७ माघमा २७० र १८ माघमा ५५० जनाले खोप लगाएका छन् ।
काठमाडौं मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा १४ माघमा ११३, १५ माघमा २१९, १६ माघमा २४०, १७ माघमा १४० र १८ माघमा २७० गरी नौ सय ८२ जनाले खोप लगाएका छन् ।
नेपाल मेडिकल कलेजबाट खोप लगाउनेको संख्या कुल एक हजार चार सय ७९ छ । तीमध्ये १४ माघमा १६९, १५ माघमा ३१९, १६ माघमा ४१६, १७ माघमा २८० र १८ माघमा २९५ जना छन् । यस्तै, काठमाडौं मेडिकल कलेजमा १४ माघमा २९२, १५ माघमा ४४३, १६ माघमा १७२, १७ माघमा ८३ र १८ माघमा १७३ गरी एक हजार एक सय ६३ जनाले खोप खोप लगाएका छन् ।
बलम्बुस्थित एपीएफ अस्पतालमा कोरोनाविरुद्ध खोप लगाउने संख्या सात सय ६७ छ । त्यसमध्ये १४ माघमा ९९, १५ माघमा १३९, १६ माघमा १५९, १७ माघमा १४० र १८ माघमा २३० जनाले खोप लगाएका छन् । यस्तै, सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबाट खोप लगाउनेमध्ये १४ माघमा २५५, १५ माघमा ५९४, १६ माघमा ६२९, १७ माघमा ३७२ र १८ माघमा ५०६ जनाले खोप लगाएका छन् । उक्त केन्द्रबाट दुई हजार तीन सय ५६ जनाले खोप लगाएका छन् ।
यसैगरी, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट १४ माघ ७०, १५ माघमा १९१, १६ माघमा १९०, १७ माघमा ९० र १८ माघमा २४१ गरी सात सय ८२ जनाले खोप लगाएका छन् । केन्द्रीय कारागारले पनि १६ माघदेखि खोप वितरण गरिरहेको छ । केन्द्रीय कारागारबाट १६ माघमा ४१, १७ माघमा ७८३ र १८ माघमा आठ सय ८१ गरी एक हजार पाँचजनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।