Kathmandu Press

सोमबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य

सोमबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य

काठमाडौं, माघ १९ : नेपालमा सोमबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ। 

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको अवस्थामा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि घट्दै गएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार गत २४ घण्टामा देशभर थप १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

४ हजार १४५ जनामा गरिएको परीक्षणमा सोमबार थप १५९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो। 

संक्रमितमध्ये ६१ जना महिला र ९८ जना पुरुष रहेका छन्।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ११८ जना पुगेको छ। 
त्यस्तै, यो अवधिमा २६४ जना कोरोनामुक्त भएका छन्। योसहितनेपालमा कोरोनामुक्त हुनेको  संख्या २ लाख ६६ हजार ६०० पुगेको छ। 

मन्त्रालयको अनुसार कोरोना संक्रमित निको हुने दर ९८.३ प्रतिशत रहेको छ। 

प्रकाशित मिति: १६:२३ बजे, सोमबार, माघ १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्