थप १५९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, माघ १९ : नेपालमा गत २४ घण्टामा थप १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ४ हजार १४५ जनामा गरिएको परीक्षणमा सोमबार थप...
काठमाडौं, माघ १९ : नेपालमा गत २४ घण्टामा थप १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
४ हजार १४५ जनामा गरिएको परीक्षणमा सोमबार थप १५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
संक्रमितमध्ये ६१ जना महिला र ९८ जना पुरुष रहेका छन्।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ११८ जना पुगेको छ।
त्यस्तै, यो अवधिमा २६४ जना कोरोनामुक्त भएका छन्। योसहितनेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६६ हजार ६०० पुगेको छ।
मन्त्रालयको अनुसार कोरोना संक्रमित निको हुने दर ९८.३ प्रतिशत रहेको छ।
प्रकाशित मिति: १६:१६ बजे, सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











