Kathmandu Press

सेनाको नियमित अभ्यास : बख्तरबन्द गाडीले चक्रपथ परिक्रमा गर्दै

काठमाडाैं, माघ १९ : नेपाली सेनाका करीब १० बख्तरबन्द गाडीले आज राति चक्रपथ परिक्रमाको अभ्यास गर्दैछन्। सेनाको नियमित अभ्यासअनुसार नै ती गाडीले चक्रपथको...
सेनाको नियमित अभ्यास : बख्तरबन्द गाडीले चक्रपथ परिक्रमा गर्दै

काठमाडाैं, माघ १९ : नेपाली सेनाका करीब १० बख्तरबन्द गाडीले आज राति चक्रपथ परिक्रमाको अभ्यास गर्दैछन्। सेनाको नियमित अभ्यासअनुसार नै ती गाडीले चक्रपथको चक्कर लगाउने योजना बनेको हो।

मुुलकका आठवटै पृतनाअन्तर्गतका ‘मेकनाइज्ड युनिट’बाट पनि यही माघ २१ गते देशका विभिन्न स्थानमा बख्तरबन्द गाडीको अभ्यास हुुने सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। नियमित भए पनि सो अभ्यासबारे सर्वसाधारणलाई समयमै जानकारी दिने हेतुुले सेनाले त्यसबारे सूूचना जारी गरेको छ।

सेनाले आफ्ना साधनको प्रयोगमा चालकको आत्मविश्वास जगाउन पनि  यसखाले नियमित अभ्यास गर्दै आएको छ।  विगतमा यस्तो अभ्यास सीमित स्थानमा हुने गथ्र्यो। सर्वसाधारण नागरिकलाई आवतजावतमा असहज नहोस् भन्ने ध्येयले रातका समयमा उक्त अभ्यास गर्न लागिएको सेनाले जनाएको छ।  

प्रकाशित मिति: १३:०९ बजे, सोमबार, माघ १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्