Kathmandu Press

आगलागी हुँदा घरभित्रै जलेर वृद्धको मृत्यु

झापा, माघ १९ : झापाको कचनकवल गाउँपालिका–१ स्थित घेराबारीमा मध्यरातमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा ६० वर्षीय गोवद्र्धन...
आगलागी हुँदा घरभित्रै जलेर वृद्धको मृत्यु

झापा, माघ १९ : झापाको कचनकवल गाउँपालिका–१ स्थित घेराबारीमा मध्यरातमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा ६० वर्षीय गोवद्र्धन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

आज बिहान १ः५५ बजे अचानक आगलागी हुँदा काठको खम्बा, टिनको बेरा र टिनकै छानो भएको एकतले घर जल्दा घरभित्रै जलेर उनको मृत्यु भएको थियो भने अन्य सदस्यले भागेर ज्यान जोगाएका थि ।

आगलागीमा परी एउटा गाई, दुइटा बाछा र तीन वटा बाख्रासमेत मरेका छन्। आगो प्रहरी, स्थानीयवासी, भद्रपुर, विर्तामोड नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो र आगलागीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए।

प्रकाशित मिति: १२:५० बजे, सोमबार, माघ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्