Kathmandu Press

धादिङको सिम्लेमा ट्रक दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं, माघ १९ : धादिङस्थित सिम्लेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्। सोमबार बिहान...
धादिङको सिम्लेमा ट्रक दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं, माघ १९ : धादिङस्थित सिम्लेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्। 

सोमबार बिहान चितवनबाट रड बोकेर काठमाडौंतर्फ आइरहेको लु २ ख २७० नम्बरको ट्रकले सिमेन्ट बोकेको ना ६ ख ६४६५ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको थियो।

दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत नभइसकेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ। 

रड बोकेको ट्रकको अघिल्लो भाग पूर्ण रूपमा क्षति भएको छ भने अर्को ट्रकमा सामान्य क्षति पुगेको छ।

प्रकाशित मिति: १२:०१ बजे, सोमबार, माघ १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्