Kathmandu Press

कोरोना संक्रमणबाट कांग्रेसका नेता आचार्यको निधन

काठमाडौं, माघ १९ : नेपाली कांग्रेस अर्घाखाँचीका नेता हरिहर आचार्यको निधन भएको छ। कोभिड–१९ बाट सङ्क्रमित भई काठमडौँको शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत आचार्यको ७०...
कोरोना संक्रमणबाट कांग्रेसका नेता आचार्यको निधन

काठमाडौं, माघ १९ : नेपाली कांग्रेस अर्घाखाँचीका नेता हरिहर आचार्यको निधन भएको छ। 

कोभिड–१९ बाट सङ्क्रमित भई काठमडौँको शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत आचार्यको ७० वर्षको उमेरमा आइतबार निधन भएको हो।

कोरोना भाइरसबाट सङ्क्रमित आचार्य १९ दिनदेखि शिक्षण अस्पतालमा उपचाररत थिए। आचार्यको पछिल्लो पाँच दिन भेन्टिलेटरमा उपचार हुँदाहुँदै कोरोना परीक्षण नेगेटिभ आए पनि निमोनियाको थप उपचारका क्रममा आइतबार निधन भएको उनका कान्छा भाइ युवराज आचार्यले जानकारी दिए। 

उनको आइतबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा सशाङ्क कोइरालाले आचार्यको पार्थिव शरीरमा पार्टीको  झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिएका छन्। 

यसैगरी विघटित प्रतिनिधिसभा सांसद एवं कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल, पूर्वसांसद डा रामबहादुर बिसी, नेपाल मेडिकल एशोसिएशनका पूर्वअध्यक्ष डा मुक्ति श्रेष्ठलगायत आचार्यप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए।

प्रकाशित मिति: ११:२१ बजे, सोमबार, माघ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्