Kathmandu Press

कञ्चनपुरबाट चरेशसहित दुई जना पक्राउ

कञ्चनपुर, माघ १९ : कञ्चनपुरमा चरेशसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बेदकोट नगरपालिका–९ का सुरेन्द्रराम लुहार र गोपाल चन्द रहेका छन्।...
कञ्चनपुरबाट चरेशसहित दुई जना पक्राउ

कञ्चनपुर, माघ १९ : कञ्चनपुरमा चरेशसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा बेदकोट नगरपालिका–९ का सुरेन्द्रराम लुहार र गोपाल चन्द रहेका छन्। पक्राउ परेकामध्ये सुरेन्द्ररामबाट तीन दशमलव १८० मिलिग्राम र गोपालबाट १० दशमलव ८६० मिलिग्राम चरेश बरामद गरिएको छ। 

चरेशको कारोवार भइरहेको सूचनाको आधारमा खानतलासी गर्दा आइतबार दुबैलाई चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए। पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: १०:५८ बजे, सोमबार, माघ १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्