Kathmandu Press

आगलागीमा जलेर एकै परिवारका तीनको मृत्यु

बैतडी, जेठ ९ : टहरोमा आगलागी हुँदा जलेर बैतडीका एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

हिजो राति बैतडीको पुर्चौडी नगरपालिका-७ कुवाकोटस्थित बस....

आगलागीमा जलेर एकै परिवारका तीनको मृत्यु

बैतडी, जेठ ९ : टहरोमा आगलागी हुँदा जलेर बैतडीका एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

हिजो राति बैतडीको पुर्चौडी नगरपालिका-७ कुवाकोटस्थित बसपार्कको टहरोमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ४५ वर्षीय करे लुहार, उनकी पत्नी ४० वर्षीया बृन्दा लुहार र छारा आठ वर्षीय मनोज लुहार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीका अनुसार, उनीहरू बसपार्कमा टहरा बनाएर बन्दै आएका थिए।

राति खाना खाएर सुतेका उनीहरू चुल्होबाट सल्केको आगोले टहरो जलाउँदा मृत्यु भएको हो।

राति करीब पौने १० बजेतिर आगो लागेको भए पनि उनीहरूलाई बचाउन नसकिएको डीएसपी गिरीले बताए।

प्रकाशित मिति: १०:२९ बजे, बिहीबार, जेठ ९, २०७६