Kathmandu Press

राष्ट्रपति भण्डारीद्वारा पोर्चुगलका राष्ट्रपतिलाई बधाई    

राष्ट्रपति विद्यादेवी भण्डारीले पोर्चुगलका राष्ट्रपतिमा मार्केलो रिबेलो डि सौसा पुनः निर्वाचित भएकामा बधाई ज्ञापन गरेकी छिन् ।
राष्ट्रपति भण्डारीद्वारा पोर्चुगलका राष्ट्रपतिलाई बधाई    

 काठमाडौं, माघ १८ : राष्ट्रपति विद्यादेवी भण्डारीले पोर्चुगलका राष्ट्रपतिमा मार्केलो रिबेलो डि सौसा पुनः निर्वाचित भएकामा बधाई ज्ञापन गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले पोर्चुगाली राष्ट्रपतिलाई आज बधाई सन्देश पठाएर पोर्चुगलको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेकी छिन् ।

नेपाल र पोर्चुगलबीच विद्यमान जनस्तरको निकट सम्बन्धमा जोड दिँदै उहाँले भविष्यमा द्विपक्षीय सम्बन्ध र सहयोग अझ विस्तार हुने विश्वास सन्देशमा व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आपसी हितका विषयमा द्विपक्षीय र बहुपक्षीय मञ्चमा पोर्चुगलसँग निकटमा रहेर नेपाल सरकारले सहकार्य गर्न चाहेको सूचना पनि राष्ट्रपति भण्डारीले सन्देशमार्फत सम्प्रेषण गरेकी छिन् ।

 

प्रकाशित मिति: १९:१७ बजे, आइतबार, माघ १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्