Kathmandu Press

प्रदेशसभा १ को बैठक २५ माघमा

प्रदेशसभा १ को हिउँदे अधिवेशनअन्तर्गतको बैठक आगामी माघ २५ गते आइतबारका लागि आह्वान गरिएको छ ।  बैठक दिउँसाे २ बजे प्रदेश सभाहल विराटनगरमा बस्ने भएको छ । 
प्रदेशसभा १ को बैठक २५ माघमा

काठमाडौं, माघ १८ : प्रदेशसभा १ को हिउँदे अधिवेशनअन्तर्गतको बैठक आगामी माघ २५ गते आइतबारका लागि आह्वान गरिएको छ ।  बैठक दिउँसाे २ बजे प्रदेश सभाहल विराटनगरमा बस्ने भएको छ । 

सूचनामा प्रदेशसभा १ का सभामुख प्रदीपकुमार भण्डारीको आदेशमा बैठक बोलाइएको उल्लेख छ ।

यसअघि प्रदेशसभाको हिउँदे अधिवेशन माघ ६ गते सुरु भएर अनिश्चितकालका लागि स्थगित भएको थियो । 

प्रकाशित मिति: १७:४१ बजे, आइतबार, माघ १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्