सरकारले किसानलाई बिदेसिन बाध्य बनाउने खेल सुरु गरेकाे छ : दाहाल
उनले भने, ‘जसरी अहिले संविधान र लोकतन्त्रमाथि प्रहार भएको छ । त्यसैगरी केपी ओली नेतृत्वको सरकारले सबैभन्दा बढी कृषि क्षेत्रमै प्रहार गरेको छ ।’काठमाडौं, माघ १८ : नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेपाली किसानलाई गरिब बनाएर बिदेसिन बाध्य बनाउने खेल सरकारबाट सुरु भएको आरोप लगाएका छन् । उनले अखिल नेपाल किसान महासंघ केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै सरकारले किसानलाई गरिब बनाएर बिदेसिन बाध्य बनाउने खेल सुरु गरेको आरोप लगाएका हुन् ।
दाहालले सरकारबाट विदेशी कम्पनीलाई कृषि क्षेत्रमा राइँदाइँ गर्न दिएको दाबी गरे । उनले भने, ‘नेपालमा विदेशी कम्पनीलाई राइँदाइँ गर्न दिएर नेपाली किसानलाई गरिब बनाएर विदेशतिर लखेट्ने खेल सुरु भएको छ ।’
दाहालले केपी ओली नेतृत्वको सरकारले संविधानमा प्रहार गरेझैँ नेपाली किसान र कृषि क्षेत्रमा प्रहार गरेको बताए । उनले भने, ‘जसरी अहिले संविधान र लोकतन्त्रमाथि प्रहार भएको छ । त्यसैगरी केपी ओली नेतृत्वको सरकारले सबैभन्दा बढी कृषि क्षेत्रमै प्रहार गरेको छ ।’











