विदेशमा हालसम्म कोरोनाबाट ३३० नेपालीको मृत्यु
गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको हो । योसहित विदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या ३३० पुगेको छ ।
काठमाडौं, माघ १८ : कोरोना भाइरस संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको हो । योसहित विदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या ३३० पुगेको छ ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म ५० देशमा रहेका ५८ हजार ६९५ नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५५ हजार ७९३ जना कोरोनामुक्त भएका छन् । यो कूल संक्रमितको ९४ प्रतिशत हो ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।
प्रकाशित मिति: १६:४४ बजे, आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
