Kathmandu Press

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

काठमाडौं, माघ १८ : नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर थप २...
कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

काठमाडौं, माघ १८ : नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर थप २ जना कोरोना संक्रमितको मृत्यु भएको हो। 

योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २९ जना रहेको छ। 

यो अवधिमा नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार ३०८ जनामा गरिएको परीक्षणमा आइतबार देशभर थप १०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले बताए।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार २५९ जना पुगेको छ। 

त्यस्तै, आइतबार देशभर २८८ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६६ हजार ३३६ पुगेको छ। 

हालसम्म कोरोनामुक्त हुनेको दर ९८.२९ प्रतिशत रहेको छ। 

हाल देशभर २ हजार ५९४ जना सक्रिय संक्रमित रहेका छन्। 

प्रकाशित मिति: १६:३९ बजे, आइतबार, माघ १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्