Kathmandu Press

उपत्यकामा थपिए कोरोनाका ६८ जना संक्रमित

काठमाडौं, माघ १८ : काठमाडौं उपत्यकामा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित मध्ये भक्तपुरका २ जना,...
उपत्यकामा थपिए कोरोनाका ६८ जना संक्रमित

काठमाडौं, माघ १८ : काठमाडौं उपत्यकामा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित मध्ये भक्तपुरका २ जना, ललितपुरका ६ र काठमाडौंका ६० जनामा संक्रमण पुष्टि भएको हो। 

यो अवधिमा नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार ३०८ जनामा गरिएको परीक्षणमा आइतबार देशभर थप १०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार २५९ जना पुगेको छ। 

त्यस्तै, आइतबार देशभर २८८ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६६ हजार ३३६ पुगेको छ। 

हालसम्म कोरोनामुक्त हुनेको दर ९८.२९ प्रतिशत रहेको छ। 

हाल देशभर २ हजार ५९४ जना सक्रिय संक्रमित रहेका छन्। 

प्रकाशित मिति: १६:३४ बजे, आइतबार, माघ १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्