Kathmandu Press

थप १०५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, माघ १८ : नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३०८ जनामा गरिएको परीक्षणमा...
थप १०५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, माघ १८ : नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३०८ जनामा गरिएको परीक्षणमा आइतबार देशभर थप १०५ जनामा संक्रमण पुष्टि भएको हो। 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार २५९ जना पुगेको छ। 

यो अवधिमा २८८ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६६ हजार ३३६ पुगेको छ। 

हालसम्म कोरोनामुक्त हुनेको दर ९८.२९ प्रतिशत रहेको छ। 

हाल देशभर २ हजार ५९४ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति: १६:३० बजे, आइतबार, माघ १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्