भारतीय चुनावको मतगणना सवा ८ वजेदेखि सुरु
काठमाडौं, जेठ २३ : भारतमा हालैसम्पन्न लोकसभा चुनावको मतगणना आज सुरु भएको छ। अहिले विहाना सभा ८ वजेदेखि मतगणना सुरु भएको छ।
भारतमा सबै ....
काठमाडौं, जेठ २३ : भारतमा हालैसम्पन्न लोकसभा चुनावको मतगणना आज सुरु भएको छ। अहिले विहाना सभा ८ वजेदेखि मतगणना सुरु भएको छ।
भारतमा सबै प्रदेशमा विद्युतीय प्रणालीबाट मतदान भएकाले मतपरिणाम छिट्टै आउने त्यहाँको निर्वाचन आयोगले जनाएको छ।
विश्वकै सबैभन्दा बढि मतदाता सहभागि भएको भारतीय लोकसभा चुनावलाई विश्वभरीबाट चासोका साथ हेरिएको छ। ५ सय ४३ सितका लागि भएको लोकसभा निर्वाचनमा ६० करोड मतदाता सहभागि भएका छन् । सात चरणमा झण्डे दुई महिना लगाएर चुनाव सम्पन्न भएको हो।
एक्जिट पोलहरुले विजेपीको गठवन्धन एनडिएले बहुमत ल्याउने देखाएको छ । तर आलै अष्टेलिया र भारतमै पनि स्न २००४ को एक्जिट पोलहरु गलत सावित भएका थिए । भारतमा फेरि नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुन्छन कि राहुल गान्धी नेतृत्वमा कांग्रेस आई गठवन्धन यूपीएले चुनाव जित्छ भन्ने आज साँझसम्म अनुमान लगाउन सकिने विभिन्न भारतीय संचार माध्यामहरुले जनाएका छन्।
भारतमा उत्तर प्रदेश, विहार, पश्चिम वंगाल लगायतको पमतपरिणामलाई निर्णयक मानिन्छ ।






