भोलि ७७ जिल्लामै कांग्रेसको प्रदर्शन
कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शन गर्ने भएको हो ।काठमडौं, माघ १८ : नेपाली कांग्रेसले माघ १९ गते ७७ जिल्लामा एकसाथ प्रदर्शन गर्ने भएको छ । कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शन गर्ने भएको हो ।
संसद् विघटनमार्फत प्रधानमन्त्रीले सर्वसत्तावाद उन्मुख कदम चालेको बताइएको छ । सभामा भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासीनतालगायतका मुद्दा उठाइनेछ ।
प्रकाशित मिति: १४:०८ बजे, आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
