Kathmandu Press

दाहाल–नेपाल समूहको धर्ना कार्यक्रम आजबाट समाप्त

दाहाल–नेपाल समूहकी नेतृ पम्पा भुसालले  प्रतिनिधिसभा विघटनविरुद्धको धर्ना कार्यक्रम आजबाट अन्त्य भएको बताइन् ।
दाहाल–नेपाल समूहको धर्ना कार्यक्रम आजबाट समाप्त

काठमाडौं, माघ १८ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध सुरु गरेको धर्ना कार्यक्रम आजबाट सकिएको छ । दाहाल–नेपाल समूहकी नेतृ पम्पा भुसालले  प्रतिनिधिसभा विघटनविरुद्धको धर्ना कार्यक्रम आजबाट सकिएकाे बताइन् ।

उनले भनिन्, ‘अगाडि संघर्षका कार्यक्रममा घनीभूत तरिकाले लाग्नुपर्ने भएकाले हामी आजैबाट धर्ना कार्यक्रम सकिएको घोषणा गर्छौँ ।’ 

दाहाल–नेपाल समूहले माघ १४ गतेदेखि  माघ २१ गतेसम्म  धर्नाका कार्यक्रम गर्ने घोषणा गरेको गरेको थियो । 

प्रकाशित मिति: १३:०७ बजे, आइतबार, माघ १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्