Kathmandu Press

भारतमा आन्दोलनरत चार सय किसान बेपत्ता

काठमाडौं, माघ १८ : भारतमा भइरहेको किसानहरुको आन्दोलनबाट चार सय जना किसान बेपत्ता भएका छन्। किसान र धार्मिक संगठनका अनुसार जनवरी २६ मा लालकिल्ला...
भारतमा आन्दोलनरत चार सय किसान बेपत्ता

काठमाडौं, माघ १८ : भारतमा भइरहेको किसानहरुको आन्दोलनबाट चार सय जना किसान बेपत्ता भएका छन्। 

किसान र धार्मिक संगठनका अनुसार जनवरी २६ मा लालकिल्ला तथा दिल्लीका विभिन्न स्थानमा प्रहरी र आन्दोलनकारीबीच भएका झडपपछि चार सय जना किसान बेपत्ता भएका हुन्।

भारत सरकारले ल्याएको कृषिसम्बन्धी कानुन खारेजीको माग गर्दै आन्दोलनरत किसान बेपत्ता भएपछि उनीहरुले उच्च अदालतको ढोका ढकढक्याउने चेतावनी समेत दिएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार पन्जाबसँग सम्बन्धित किसान र धार्मिक संगठनले दिल्ली हिंसामा ४ सयभन्दा बढी युवा एवं वृद्ध किसान बेपत्ता भएको दाबी छ। 

पन्जाबका मानव अधिकार संगठनका अनुसन्धान अधिकारी सरबजित सिंह वेरले दिल्ली प्रहरीप्रति प्रश्न उठाएका छन्।

उनले भनेका छन्, ‘कुनै पनि व्यक्तिलाई बिना मुद्दा धेरै समय हिरासतमा राख्न पाइँदैन। यसैले पक्राउ परेका मानिसबारे प्रहरीले जानकारी दिनुपर्छ।’

प्रकाशित मिति: १२:५९ बजे, आइतबार, माघ १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्