Kathmandu Press

आगलागीमा दुई बालबालिकाको मृत्यु

सोलुखुम्बु, माघ १७ : सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–२ मा आगलागी हुँदा दुई बालबालिकाको ज्यान गएको छ।स्थानीय बासिन्दा टेकबहादुर निरौलाको मतानमा शनिबार आगलागी हुँदा...
आगलागीमा दुई बालबालिकाको मृत्यु

सोलुखुम्बु, माघ १७ : सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–२ मा आगलागी हुँदा दुई बालबालिकाको ज्यान गएको छ।

स्थानीय बासिन्दा टेकबहादुर निरौलाको मतानमा शनिबार आगलागी हुँदा बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Hardik ivf

आगलागीमा परी ज्यान गुमाउनेमा टेकबहादुरका सात वर्षीय नाती सुगम र चार वर्षीया नातिनी सुदिष्मा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले बताए।

माथिल्लो तलामा घाँसलगायतका सामग्री राखिएको मतानमा बालबालिकाले लाइटर खेलाउँदा आगलागी भएको हुनसक्ने प्रहरीका अनुमान छ। बालबालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०:५४ बजे, शनिबार, माघ १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्