Kathmandu Press

गृहमन्त्री भन्छन् – पाँचथर हत्याकाण्डको कारण पारिवारिक बेमेल

काठमाडौं, जेठ ८ : गृहमन्त्री रामबहादुर थापाले पाँचथरमा भएको सामूहिक हत्याकाण्डको सूक्ष्म रुपमा छानबिन भइरहेको र सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाही ह....

गृहमन्त्री भन्छन् – पाँचथर हत्याकाण्डको कारण पारिवारिक बेमेल
रासस

काठमाडौं, जेठ ८ : गृहमन्त्री रामबहादुर थापाले पाँचथरमा भएको सामूहिक हत्याकाण्डको सूक्ष्म रुपमा छानबिन भइरहेको र सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाही हुने बताएका छन्। 

गत सोमबार पाँचथरको आरुबोटमा भएको सामूहिक हत्याकाण्डको विषयमा बुधबार राष्ट्रियसभालाई जानकारी दिँदै गृहमन्त्री थापाले उक्त घटना प्रारम्भिक रुपमा पारिवारिक बेमेलका कारण भएको देखिएको उल्लेख गरे। 

गृहमन्त्रीको भनाइलगत्तै सांसदहरु अनिता देवकोटा, जितेन्द्रनारायण देव, रमेशजङ्ग रायमाझी, रामप्रीत पासवान, विमला राई पौडेल र प्रकाश पन्थले घटनाको मसिनो गरी अध्ययन गर्न तथा पारिवारिक कलह मात्रै भनेर नलिन आग्रह गरे।

पाँचथर हत्याकाण्डको छानबिनमा सहयोग गर्न गृहमन्त्री थापाले स्थानीयवासी, सांसद, राजनीतिक दल तथा सरोकार भएका सबैलाई आग्रह गरे। गृहमन्त्रीले सरकारले नेपाल प्रहरीको प्रदेश प्रहरी कार्यालय र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षकको संयोजकत्वमा छानबिन सुरू गरेको बताउँदै केही दिनभित्रै सत्यतथ्य पत्ता लाग्ने विश्वास व्यक्त गरे। 

घटनामा नौ जनाको हत्या भएको र अर्का एकले झुण्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको थियो। घटनामा बाँच्न सफल १३ वर्षीया बालिका सीता खजुमको दमकमा उपचार भइरहेको छ। भविष्यमा यस्ता घटटा हुन नदिन गृह मन्त्रालयले आवश्यक सतर्कता अपनाएको भन्दै गृहमन्त्रीले नागरिक प्रहरी सम्बन्ध सुधार गरी अपराधलाई कम गर्न नागरिक प्रहरी साझेदारी कार्यक्रम अगाडि बढाइएको बताए। 

गृहमन्त्रीको भनाइलगत्तै सांसदहरु अनिता देवकोटा, जितेन्द्रनारायण देव, रमेशजङ्ग रायमाझी, रामप्रीत पासवान, विमला राई पौडेल र प्रकाश पन्थले घटनाको मसिनो गरी अध्ययन गर्न तथा पारिवारिक कलह मात्रै भनेर नलिन आग्रह गरे। 

त्यसअघि राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले खेती लगाउने समयमा देशव्यापी रुपमा नै रासायनिक मलको अभाव भएको भन्दै सदन र सरकारको ध्यानाकर्षण गराए। हिउँदे बाली लगाउने समयमा समेत रासायनिक मल नपाएका किसानले बर्खे बाली लगाउने समयमा समेत उस्तै समस्या भोग्नु परेको भए पनि सरकारले त्यसतर्फ ध्यान नदिएको भन्दै गुनासो गरे। यस्तै मदन भण्डारी लोकमार्गको गुल्मी, प्यूठान खण्डमा मार्ग परिवर्तन गरिएकामा किन त्यस्तो गरिएको हो भन्दै सरकारको ध्यानकर्षणसमेत गराइएको थियो। शून्य समयमा सांसदहरु राजकुमार कुँवर, रामप्रीत पासवान, रामलखन चमार, विन्दादेवी राना, सिंहबहादुर विक, हरिराम चौधरीलगायतले विकास निर्माणको कामलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

रासस 

प्रकाशित मिति: १९:२९ बजे, बुधबार, जेठ ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्