तल्लो अरुणको विकासको जिम्मा भारतीय कम्पनीलाई
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले तल्लो अरुणलाई सार्वजनिक–निजी साझेदारी अवधारणामा विकास गर्न भारतीय कम्पनी भारतीय कपम्पनी एएसजेभिएनलाई दिने निर्णय गरेको हो ।
काठमाडौं, माघ १७ : नेपाल सरकारले तल्लो अरुण जलविद्युत् परियोजना विकास लागि भारतीय कम्पनी एएसजेभिएन लिमिटेड जिम्मा दिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले तल्लो अरुणलाई सार्वजनिक–निजी साझेदारी अवधारणामा विकास गर्न भारतीय कम्पनी भारतीय कपम्पनी एएसजेभिएनलाई दिने निर्णय गरेको हो ।
६७९ मेगावाट क्षमता रहेको तल्लो अरुण सङ्खुवासभा र भोजपुर जिल्लामा अवस्थित रहने छ । २०७५ चैतमा भएको लगानी सम्मेलनको अवसरमा नेपाल सरकारले तल्लो अरुण परियोजनालाई लगानीकर्ता समक्ष प्रस्तुत गरेको थियो ।
विद्युत उत्पादनसँगै खपतको योजना बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले यसका लागि पूर्वाधार परियोजनालाई समयमै कार्यान्वयनका लागि समन्वयात्मक ढंगबाट कार्य गर्न नेपाल सरकारका सम्बद्ध निकायका निर्देशन दिएका दिए ।
प्रकाशित मिति: १३:५६ बजे, शनिबार, माघ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











