Kathmandu Press

भक्तपुरमा निर्माणाधीन घरबाट खसेर मजदुरको मृत्यु

भक्तपुर, माघ १७ : निर्माण हुँदै गरेको घरको दोस्रो तलाबाट खसेर भक्तपुरमा एक मजदुरको मृत्यु भएको छ।मध्यपुरथिमि नगरपालिका–६ कुण्डोलमा ठाकुर अधिकारीले बनाउँदै गरेको...
भक्तपुरमा निर्माणाधीन घरबाट खसेर मजदुरको मृत्यु

भक्तपुर, माघ १७ : निर्माण हुँदै गरेको घरको दोस्रो तलाबाट खसेर भक्तपुरमा एक मजदुरको मृत्यु भएको छ।

मध्यपुरथिमि नगरपालिका–६ कुण्डोलमा ठाकुर अधिकारीले बनाउँदै गरेको पक्की घरको दोस्रो तलाबाट खसेर काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ कुण्डोल बस्ने मजदूर ४० वर्षीय प्रेम मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।

घरको दोस्रो तलाबाट खसेलगत्तै अन्य मजदुरले उपचारका लागि मध्यपुर अस्पताल लगेका थिए। अस्पतालमा उपचारका क्रममा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए।

प्रकाशित मिति: ०८:२८ बजे, शनिबार, माघ १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्