Kathmandu Press

जनतालाई रोजगार र सम्मान दिलाउने दाहालको प्रतिबद्धता 

नेपाली जनतालाई रोजगार र सम्मान दिलाएर नै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘सबैभन्दा ठूलो अदालत जनता नै हो, त्यसैले जनता माथि आफ्नो भरोसा छ ।’     
जनतालाई रोजगार र सम्मान दिलाउने दाहालको प्रतिबद्धता 

विराटनगर, माघ १६ :   नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अहिले गम्भीर राजनीतिक संकट देखापरेकाले यसको निकासका लागि जनतामाझ आएको बताएका छन् । सो पार्टीद्वारा आयोजित ‘प्रतिनिधिसभा विघटनविरुद्ध विरोधसभा’मा उनले देशमा अहिले गम्भीर राजनीतिक संकट देखापरेकाले यसको निकासका लागि जनतामाझ आएको  बताएका हुन् ।

उनले भने,  ‘प्रधानमन्त्रीले संसद् विघटन मात्र गरेको होइन, लोकतन्त्र माथि नै हमला गर्नुभएको छ ।’
     
पार्टी एकीकरण भएको तीन वर्ष नपुग्दै बीचमै पार्टी फुटेको चर्चा गर्दै अध्यक्ष दाहालले सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमतिलाई लत्याइएको बताए । आवश्यक परे सभामुखले संसद् बोलाउने र संसद् चलाउने चर्चा गर्दै उनले सरकारले देशमा भ्रष्टाचार गर्नेलाई पक्षपोषण गरेको आरोप लगाए  र
     
अध्यक्ष दाहालले पार्टीमा दुई तिहाई बहुमत रहेकोले यो पार्टी हाम्रो हो भन्दै सर्वोच्चले लोकतन्त्र र संविधानको भावनाअनुसार फैसला गर्ने विश्वास व्यक्त गरे । नेपाली जनतालाई रोजगार र सम्मान दिलाएर नै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘सबैभन्दा ठूलो अदालत जनता नै हो, त्यसैले जनता माथि आफ्नो भरोसा छ ।’     
     

प्रकाशित मिति: १८:५० बजे, शुक्रबार, माघ १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्