Kathmandu Press

प्रधानमन्त्रीलाई १३ दिनदेखि अनशनरत नर्सको खुलापत्र

काठमाडौं, जेठ ८ : बसुन्धरास्थित बीपी स्मृति अस्पतालको तेस्रो तलामा नर्स जीता बराल १३ दिनदेखि अनशनरत छिन्। नर्सको सेवासुविधा बढाउनुपर्ने....

प्रधानमन्त्रीलाई १३ दिनदेखि अनशनरत नर्सको खुलापत्र
काठमाडौं प्रेस

काठमाडौं, जेठ ८ : बसुन्धरास्थित बीपी स्मृति अस्पतालको तेस्रो तलामा नर्स जीता बराल १३ दिनदेखि अनशनरत छिन्। नर्सको सेवासुविधा बढाउनुपर्ने, भेदभावको अन्त्य हुनुपर्ने लगायत १० बुँदे माग राखी अनशनरत उनले अनशनस्थलबाटै  प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुलापत्र पठाएकी छन्।

उनले नर्सका समस्या स्थायी रुपमा समाधान गर्न प्रधानमन्त्रीलाई आग्रह गरेकी छन्। उनले खुलापत्रमा आफ्ना नौ बुँदे माग पनि उल्लेख गरेकी छन्।

उनी नर्सका समास्या सम्बोधन गर्न माग गर्दै वैशाख २७ गतेदेखि अनशनमा छिन्। सम्बन्धित सबै निकाय धाउदा पनि आफ्ना मागको वेवास्ता गरिएपछि अनशन बस्नु परेको उनले बताएकी छन्।

अहिले देश भर ८७ हजार नर्स छन्। जसमा ४० हजारले मात्रै काम पाएका छन्। आठ–नौ लाख खर्च गरेर पढेका उनीहरूले उचित पारिश्रमिक पाउने गरेका छैनन्।
नर्सहरूको श्रम शोषण भइरहेको र त्यसको अन्त्य गरिनु पर्ने उनको माग छ। मासिक ६–७ हजारमा काम गर्नु परिहेको उनको गुनासो छ।

अनशन बसेको १२ दिनसम्म कसैले वास्ता नगरेपछि उनले प्रधानमन्त्रीलाई खुलापत्र पठाएकी हुन्। स्याङजाकी जीता दुई दशकदेखि नर्सिङ पेशामा क्रियाशिल छन्।
उनको छातीमा संक्रमण भएको छ। स्वास्थ्यमा समस्या आएपछि बसुन्धरास्थित बिपी स्मृती अस्पतालमा भर्ना गरिएको छ।

जीताले प्रधानमन्त्रीलाई पठाएको खुलापत्र

प्रकाशित मिति: १५:४७ बजे, बुधबार, जेठ ८, २०७६