डा केसीको स्वास्थ्यप्रति नागरिकको चिन्ता
काठमाडौं । नागरिक समाजका केही प्रबुद्ध व्यक्तिहरूले डा। गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई अपील गरेका छन् । डा केसीको १६औं पटकको अनसन १६ दिन पुग्दा पनि सरकारका तर....
काठमाडौं । नागरिक समाजका केही प्रबुद्ध व्यक्तिहरूले डा। गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई अपील गरेका छन् । डा केसीको १६औं पटकको अनसन १६ दिन पुग्दा पनि सरकारका तर्फबाट जीवन रक्षाका लागि पहल नगरेपछि डिल्लीबजारस्थित भोजनगृहमा भेला भएर यस्तो अपील जारी गरेका हुन् ।
‘नागरिक अभियन्ता डा। गोविन्द केसी र नेपाल सरकारबीच सहमति हुने र तोडिने वा कार्यान्वयन नहुने प्रक्रिया बारम्बार दोहोरिएको’ उल्लेख गर्दै डिल्लीबजारस्थित भोजनगृहमा गरिएको भेलापछि जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसै कारण डा। केसी अहिले पनि १६औं सत्याग्रहको १६औं दिनमा रहेको र उहाँको जीवन जोखिममा परेको अवस्थाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । त्यसैले यसअगाडि डा। केसीको १५औं सत्याग्रहमा सम्माननीय प्रधानमन्त्रीज्यूको पहल रोहवरमा भएको सम्झौताको इमान्दार कार्यान्वयन गरी डा केसीको जीवन रक्षा गर्न सरकारलाई अपील गर्दछौं ।’
यस्तो अपिल गर्नेहरूमा प्रा कपिल श्रेष्ठ, भोजराज पोखरेल, विमल कोइराला, सुशीला कार्की, युवराज घिमिरे, राजेन्द्र दाहाल, अजयभद्र खनाल, प्रकाश रिमाल, स्वर्णिम वाग्ले, अभि सुवेदी, प्रभा कैनी, उज्ज्वल थापा, यादव खरेल, प्रत्युष वन्त, ओमप्रकाश अर्याल, दिनेश प्रसाईं, कृष्ण धरावासी, महावीर पुन, विजयवाबु शिवाकोटीलगायत ५३ जना रहेका छन् ।






