दल दर्ता प्रक्रिया अघि बढाऔं : ओली पक्ष
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तदारुकताका साथ निर्वाचन प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई सुुझाव दिएको छ ।काठमाडौँ, माघ १६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तदारुकताका साथ निर्वाचन प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई सुुझाव दिएको छ । प्रतिनिधिसभा निर्वाचन तयारी र दल दर्ताका विषयमा छलफल गर्न आयोगले आज बोलाएको परामर्श बैठकमा नेकपाका प्रतिनिधिले तोकिएका समयमा निर्वाचन सम्पन्न गर्न राजनीतिक दल दर्ता प्रक्रिया अघि बढाउन सल्लाह दिए ।
बैठकमा नेता सुुवास नेम्वाङ, मन्त्रीद्वय विष्णुप्रसाद पौडेल र कृष्णगोपाल श्रेष्ठ, वाग्मती प्रदेशका मन्त्री रामेश्वर फुयाँल, सांसद विमला पौडेल, अधिवक्ता बाबुुराम दाहाल र रमेश बडाल सहभागी थिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुुरा गर्दै नेता नेम्वाङले आधिकारिकताका विषयमा आयोग एउटा टुुङ्गोमा पुुगिसकेकाले त्यही जगमा रही अन्य प्रक्रिया अघि बढाउने विश्वास व्यक्त गरे ।
उनले भने, ‘निर्वाचन हाम्रो प्राथमिकता हो, तोकिएको मितिमै सम्पन्न गर्नुपर्छ, पार्टी अध्यक्ष यसैमा चिन्तित हुुनुुहुुन्छ, निर्वाचन वैशाख १७ र २७ गते हुनुपर्छ भन्नेमा उहाँ गम्भीरतापूूर्वक लाग्नुुभएको छ, निर्वाचनमा जुुट्न सबै राजनीतिक दललाई आग्रह गर्नुभएको छ ।’











