असनको अन्नपूर्ण नारायण मन्दिरमा महिला पुजारी
काठमाडौं, माघ १६ : गुठी संस्थान काठमाडौँ शाखा कार्यालयले काठमाडौँ महानगरपालिका–२७ असनस्थित अन्नपूर्ण नारायण मन्दिरको पुजारीमा महिला नियुक्त गरेको छ।शाखाले बिहीबार झालाई नियुक्त...
काठमाडौं, माघ १६ : गुठी संस्थान काठमाडौँ शाखा कार्यालयले काठमाडौँ महानगरपालिका–२७ असनस्थित अन्नपूर्ण नारायण मन्दिरको पुजारीमा महिला नियुक्त गरेको छ।
शाखाले बिहीबार झालाई नियुक्त गरेको कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए।
झा पहिलो महिला पुजारी भने नभएको कार्यालय प्रमुख सुवेदीले बताए। यसअघि ललितपुरको गोदावरीस्थित पञ्चदेवललगायतका मन्दिरमा पनि महिला पुजारी नियुक्त भइसकेको संस्थानले जनाएको छ।
यसअघि सहनशीलाका भाइ प्रमोदले मन्दिरको पूजा गर्दै आएकामा विदेश गएपछि उनलाई पुजारीमा नियुक्त गरिएको हो। झालाई एक वर्ष परीक्षणकाल रहने गरी बढीमा पाँच वर्षका लागि नियुक्त गरिएको हो। लगत दरबन्दीअनुसारको नित्य र पर्व पूजाबापतको खर्च पाउने गरी नियुक्त गरिएको संस्थान शाखा कार्यालय काठमाडौँका प्रमुख सुवेदीले जानकारी दिए।
प्रकाशित मिति: १४:४५ बजे, शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
