Kathmandu Press

भव्य शहीद स्मारक बनाउँछौं : प्रधानमन्त्री 

हुन सक्छ प्रधानमन्त्री निवास नजिककैको बालुवाटारकै जमिन होस् वा यस्तै जो अलि फराकिलो छ, त्यहाँ शहीद स्मारक बनाउँछौं ।
भव्य शहीद स्मारक बनाउँछौं : प्रधानमन्त्री 

काठमाडौं, माघ १६  : प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारको ललिता निवासमा भव्य शहीद स्मारक बनाउने संकेत गरेका छन् । शहीद दिवसको अवसरमा काठमाडौँको लैनचौरस्थित शहीद स्मारकमा आयोजित कार्यक्रममा उनले बालुवाटारस्थित ललिता निवासमा शहीद स्मारक बनाउने संकेत गरेका हुन्।

उनले भने, ‘सजिलोसँग गएर श्रद्धाञ्‍जली अर्पण गर्न सकिने गरी प्रशस्त पार्किङ पनि भएको ठाउँ । हुन सक्छ प्रधानमन्त्री निवास नजिककैको बालुवाटारकै जमिन होस् वा यस्तै जो अलि फराकिलो छ, त्यहाँ शहीद स्मारक बनाउँछौं ।’

उनले शहीदको सपना पूरा गर्न सरकार इमानदार भएर अघि बढेको बताए । 

प्रकाशित मिति: १४:३८ बजे, शुक्रबार, माघ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्