Kathmandu Press

समुन्नत राष्ट्र निर्माण गर्नु सबैको साझा दायित्व : प्रदेश प्रमुख कलौनी

कर्णाली, माघ १६ : कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले नेपाली जनताले प्राप्त गरेका उपलब्धिहरूको रक्षा गरी सामाजिक न्याय र समानतामा आधारित समुन्नत राष्ट्र...
समुन्नत राष्ट्र निर्माण गर्नु सबैको साझा दायित्व : प्रदेश प्रमुख कलौनी

कर्णाली, माघ १६ : कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले नेपाली जनताले प्राप्त गरेका उपलब्धिहरूको रक्षा गरी सामाजिक न्याय र समानतामा आधारित समुन्नत राष्ट्र निर्माण गर्नु सबैको साझा दायित्व भएको बताएका छन्। 

शहीद दिवसका अवसरमा आज शुकामना सन्देश जारी गर्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गरी समुन्नत राष्ट्र निर्माणमा आ–आफ्नो तह र तप्काबाट योगदान पु¥याउन आजको दिनले पे्ररणा मिल्ने विश्वास व्यक्त गरेका हुन्।

प्रदेश प्रमुख कलौनीले प्रजातन्त्र स्थापनाका लागि निरङ्कुश राणा शासनविरुद्ध सङ्घर्ष गर्दै सहादत प्राप्त गर्नुहुने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्दलगायत देश र जनताका लागि आफ्नो जीवन न्यौछावर गर्नुहुने शहीदहरुले गरेको त्याग र बलिदानको परिणामस्वरूप नेपाल एक स्वतन्त्र, सार्वभौम, अखण्ड, स्वाधीन र स्वाभिमानी मुलुकको रूपमा स्थापित भएको बताए। 

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुँदासम्मका विभिन्न कालखण्डमा भएका संघर्षमा आफ्नो अमूल्य जीवनको आहुति दिनुहुने अमर शहीदहरूप्रति श्रद्धासुमन व्यक्त गर्दै उनले सन्देशमा भनेका छन्, ‘सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको सर्वोच्चता, स्वायत्तता र स्वशासनको अधिकारलाई सुनिश्चित गर्दै शहीदहरूको सपना साकार पार्न मन, वचन र कर्मले अविचलितरूपमा समर्पित रहन यस दिवसले हामी सबैमा प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु।

प्रकाशित मिति: १०:४१ बजे, शुक्रबार, माघ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्