Kathmandu Press

विप्लवका नेता बाँस्तोलालाई २४ घन्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं, माघ १५ : सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धमेन्द्र बाँस्तोलालाई २४ घन्टाभित्र बन्दीसहित उपस्थित गराउन आदेश जारी गरेको छ।न्यायाधीश...
विप्लवका नेता बाँस्तोलालाई २४ घन्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं, माघ १५ : सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धमेन्द्र बाँस्तोलालाई २४ घन्टाभित्र बन्दीसहित उपस्थित गराउन आदेश जारी गरेको छ।

न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले आज बन्दी बनाउनुको आधार र कारणसहित सूचना प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २४ घन्टाभित्र बन्दीसहित उपस्थित गराउन साथै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनिएको छ।

नेकपाका पश्चिम कमान्ड इञ्चार्ज रहेका बाँस्तोलाको तर्फबाट हिमा बाँस्तोलाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। पुस २९ गते बाँस्तोलासहित चार जनालाई ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो।

बाँस्तोलालाई नख्खुस्थित एनसेल टावरमा भएको बम बिस्फोटको घटनामा संलग्न रहेको आरोप लागेको छ।

प्रकाशित मिति: २०:५२ बजे, बिहीबार, माघ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्