Kathmandu Press

क्यानडा पठाउने भन्दै ९० लाख ठगीकाे आराेपमा युवक पक्राउ

क्यानडा पठाउने भन्दै ९० लाख ठगीकाे आराेपमा युवक पक्राउ

पोखरा, माघ १५ : क्यानडा पठाउने भन्दै ९० लाख ठगी गरेको आरोपमा प्रहरीले कास्कीमा एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीले पर्वतको मोदी गाउँपालिका ७ का ३८ वर्षीय धीरजकुमार विश्वकर्मालाई पोखराबाट पक्राउ गरेको हो। उनले ३३ जनाबाट ९० लाख ठगी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी जीवनकुमार श्रेष्ठले बताए।

उनले कास्की, स्याङ्जा, तनहुँ, म्याग्दीलगायत जिल्लाका युवालाई ठगेको उजुरी परेको थियो। उनी यसअघि खाडी मुलुक बसेर आएका आएका थिए।

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। थप अनुसन्धान भइरहेको एसपी श्रेष्ठले बताए।

प्रकाशित मिति: २०:१८ बजे, बिहीबार, माघ १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्