Kathmandu Press

राजधानी बाहिर पनि सुन वितरण गर्ने सहमति

काठमाडौं, माघ १५ : नेपाल बैंकर्स सङ्घले काठमाडौँ उपत्यका बाहिरबाट पनि सुन बिक्रीवितरण गर्न सहमति जनाएको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र बैंकर्स सङ्घका...
राजधानी बाहिर पनि सुन वितरण गर्ने सहमति

काठमाडौं, माघ १५ : नेपाल बैंकर्स सङ्घले काठमाडौँ उपत्यका बाहिरबाट पनि सुन बिक्रीवितरण गर्न सहमति जनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र बैंकर्स सङ्घका पदाधिकारीबीच आज भएको छलफलमा यस्तो सहमति भएको हो।

महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले काठमाडौँ उपत्यका बाहिरबाट सुन वितरण नगरिँदा व्यवसायीले दुःख खेप्नु परेको भन्दै यथाशीघ्र तोकिएका स्थानबाट सुन वितरणको व्यवस्था मिलाउन आग्रह गरे।

सङ्घका अध्यक्ष भुवनकुमार दाहाललगायत पदाधिकारीले व्यवसायीको मागप्रति आफूहरु सकारात्मक रहेको र त्यसलाई कार्यान्वयनमा ल्याउन तयार रहेको बताए।

नेपाल राष्ट्र बैंकले यसअघि नै उपत्यका बाहिरबाट पनि सुन वितरणको व्यवस्था मिलाउने विषयलाई मौद्रिक नीतिमा समावेश गरिसकेको छ। यद्यपि यस विषय हालसम्म कार्यान्वयनमा आउन सकेको छैन। जसले गर्दा उपत्यका बाहिरका व्यवसायी सुन खरीदका लागि काठमाडौँमा आउनुपर्ने झन्झट कायम छ।

छलफलका क्रममा व्यवसायीलाई सुन उपलब्ध गराउँदा बैंकबाट हुने ढिलासुस्ती र अन्य प्राविधिक समस्यालाई सल्टाएर सहजरुपमा विधिसम्मत तरिकाले आ–आफ्नो जिम्मेवारी पूरा गर्न सम्बद्ध पक्ष तयार रहेको सङ्घका पदाधिकारीले विश्वास दिलाए।

राष्ट्र बैंकले तोकेको व्यवस्थाअनुसार बैंकर्ष सङ्घको सिफासिरमा बैंकले विदेशबाट कच्चा सुनको आयात गरी महासङ्घको सिफारिशमा व्यवसायीलाई सुन उपलब्ध गराउँदै आएको छ।

मोफसलका जिल्लाबाट सुन वितरण गर्दा ढुवानी खर्च मात्रै काठमाडौँकोभन्दा बढी लिने, सुनको स्टक राख्ने, बैंकअनुसार नै फरकफरक रहँदै आएको दरभाउमा एकरुपता ल्याउने, सुन खरीद गर्न बैंकहरुले सहज वातावरण बनाउने र सुनको कोटा वृद्धि गरी पर्याप्तमात्रामा आपूर्ति व्यवस्था मिलाउन दुवै पक्षले पहल गर्नेलगायतका विषयमा छलफल भएको थियो। (रासस)

प्रकाशित मिति: १९:५८ बजे, बिहीबार, माघ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्