निर्वाचनसम्बन्धी प्रधानमन्त्रीको भविष्यवाणी असफल हुन्छ : नेपाल
नेपालले २०६२/६३ काे जनआन्दोलनमा ओलीको भविष्यवाणी असफल भएझैँ निर्वाचनसम्बन्धी भविष्यवाणी पनि असफल हुने दाबी गरेका हुन् ।काठमाडौं, माघ १५ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आगामी वैशाखमा प्रतिनिधिसभाको निर्वाचन हुन्छ भनेर प्रधानमन्त्री केपी ओली गरेको भविष्यवाणी असफल हुने दाबी गरेका छन् । नेपालले २०६२/६३ काे जनआन्दोलनमा ओलीको भविष्यवाणी असफल भएझैँ निर्वाचनसम्बन्धी भविष्यवाणी पनि असफल हुने दाबी गरेका हुन् ।
उनले भने, ‘जसरी उहाँको भविष्यवाणी २०६२/६३ सालमा असफल भयो, त्यसैगरी चुनाव हुन्छ भन्ने भविष्यवाणी असफल हुन्छ किनभने केपी ओलीले जनताको भावना बुझ्नुभएको छैन । उहाँले कहाँ कहाँ के के बोल्दै हिँड्नुभएको छ, यी सबैका बारेमा चर्चा गर्ने हो भने हजार जिब्रा भएको शेषनागले पनि सक्दैन ।’
त्यस्तै नेपालले ओली आत्मप्रशंसक भएको आरोप लगाएका छन् । उनले भने, ‘उहाँलाई खालि आफ्नो प्रशंसा मन पर्छ ।’
नेपालले प्रम ओलीले अगतिला कुरा मात्र बोल्न जानेको भनेर टिप्पणीसमेत गरेका छन् ।











