Kathmandu Press

भ्रष्टाचार अभियोगमा नापीका अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा नापी कार्यालय भैरहवामा तत्कालीन नापी अधिकृत घनश्याम दुवेसमेत तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  
भ्रष्टाचार अभियोगमा नापीका अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा

काठमाडौं, माघ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा नापी कार्यालय भैरहवामा तत्कालीन नापी अधिकृत घनश्याम दुवेसमेत तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।     

आयोगका अनुसार भैरहवाका तत्कालीन नापी अधिकृत दुवे र सर्भेक्षक रामराज यादवले पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी, सार्वजनिक सम्पत्तिको हानीनोक्सानी पुर्‍याई व्यक्ति विशेषलाई गैरकानुनी लाभ हुने गरी जग्गाको मूल्य ९ लाख ८३ हजार ७०० कायम गरेको पाइएको छ । 

जग्गाधनी मुना पासिनले नापी कार्यालयका कर्मचारीलाई अनुचित प्रभावमा पारी आफू गैरकानूनी लाभ हुने र नेपाल सरकारलाई हानि नोक्सानी पुर्‍याएको पाइएको छ । आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार आयोगले उनीहरुविरुद्ध ९ लाख ८३ हजार ७०० बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।       
 

प्रकाशित मिति: १८:२३ बजे, बिहीबार, माघ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्