Kathmandu Press

चार पूर्वप्रधानन्यायाधीशलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न  सर्वोच्चको आदेश    

सर्वोच्च अदालतले चार जना पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्कीलाई  अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाइ आफैं लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ ।
चार पूर्वप्रधानन्यायाधीशलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न  सर्वोच्चको आदेश    

काठमाडौं, माघ १५ : सर्वोच्च अदालतले चार जना पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्कीलाई  अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाइ आफैं लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ ।  न्यायाधीश डा. मनोज शर्माको एकल इजलासले सो आदेश जारी गरेको हो । 

‘म्याद प्राप्त भएका मितिले बाटाको म्यादबाहेक सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्नुहोला,’ आदेशमा भनिएको छ ।  

अधिवक्ताहरु धनजित बस्नेत र लोचन भट्टराईले प्रतिनिधिसभा विघटनको विचाराधीन मुद्दामा विज्ञप्ति सार्वजनिक गरी अदालतको अवहेलनामा कारबाही गर्न मुद्दा दायर गरेका थिए ।

प्रकाशित मिति: १८:१६ बजे, बिहीबार, माघ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्