Kathmandu Press

आयात घट्दा वीरगन्ज भन्सारमा राजस्व असुली घट्यो

तेस्रो मुलुकबाट आयात हुने अधिकांश वस्तुको आयात घट्दा वीरगन्ज भन्सार कार्यालयको राजस्व असुली प्रभावित भएको छ । आर्थिक वर्ष २०७६/७७ को पहिलो ६...
आयात घट्दा वीरगन्ज भन्सारमा राजस्व असुली घट्यो

तेस्रो मुलुकबाट आयात हुने अधिकांश वस्तुको आयात घट्दा वीरगन्ज भन्सार कार्यालयको राजस्व असुली प्रभावित भएको छ । आर्थिक वर्ष २०७६/७७ को पहिलो ६ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ११ दशमलव ९२ प्रतिशत आयात कम भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।     

कार्यालयका अनुसार गत आर्थिक वर्षमा पहिलो ६ महिनामा २ खर्ब ३८ अर्ब ८५ करोड ९८ लाख ३२ हजार मूल्य बराबरको सामान आयात भएको थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा २ खर्ब १० अर्ब ३८ करोड ९ लाख ४७ हजारको मूल्य बराबरका सामान मात्र आयात भएको छ ।     

यसैगरी चालू आर्थिक वर्षको पुस महिनासम्ममा निर्याततर्फ ६ दशमलव १ प्रतिशतले राजस्व वृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा  १८ अर्ब ४१ करोड ५१ लाख ९१ हजार मूल्य बराबरको सामान निर्यात भएको थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा  १९ अर्ब ९३ करोड ९० लाख ९७ हजार मूल्य बराबरको मालवस्तु भारत तर्फ निर्यात भएको छ ।     

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा २० अर्ब २५ करोड ७८ लाख ५६ हजार राजस्व उठाउने लक्ष्य राखिएकामा ७५ दशमलव ९९ प्रतिशत अर्थात  १५ अर्ब ३९ करोड ४४ लाख ९४ हजार राजस्व उठेको छ ।    

समग्रमा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा  ८५ अर्ब ५१ करोड ३४ लाख १९ हजार राजस्व उठाउनुपर्नेमा ८६ दशमलव ०२ प्रतिशत अर्थात  ७३ अर्ब ५५ करोड ४४ लाख १२ हजार मात्र राजस्व् उठाउन सकेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । यो लक्ष्यको तुलनामा १३ दशमलव ९८ प्रतिशत कम राजस्व उठेको हो ।     

गत वर्ष यो नाकाबाट आउने पाम आयल निकासीमा भारत सरकारले रोक लगाएपछि राजश्व वृद्धिमा कमी आएको देखिन्छ । पाम आयलमा प्रतिबन्ध लगाएपछि व्यापारीले भटमासको प्रशोधित तेल निकासीमा जोड दिएका छन् । यो नाकाबाट जुस, कपडा, दन्तमञ्जन, सेन्थेटिक यार्न, जुत्ता, गलँैचालगायतका वस्तु निकासी भएका छन् ।    

प्रकाशित मिति: १७:३५ बजे, बिहीबार, माघ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्