Kathmandu Press

बिहीबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य

काठमाडौं, माघ १५ : नेपालमा बिहीबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर आज कोरोना संक्रमणको कारण...
बिहीबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य

काठमाडौं, माघ १५ : नेपालमा बिहीबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर आज कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन। 

यो अवधिमा देशभर थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ५८८ पुगेको छ। 

त्यस्तै बिहीबार देशभरबाट २९६ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ६५ हजार ३६५ पुगेको छ।

प्रकाशित मिति: १७:०५ बजे, बिहीबार, माघ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्