Kathmandu Press

‘औद्योगिक क्षेत्रले उपत्यकाबासी एटमबममाथि बसेजस्तो खतरापूर्ण अवस्थामा’

काठमाडौं, जेठ ८ : संघीय संसद्का सदस्य रामवीर मानन्धरले काठमाडौं उपत्यकाभित्रका औद्योगिक क्षेत्रमा रहेका एलपी ग्यास उद्योग, पेट्रोल पम्प र बारुद कारखान....

‘औद्योगिक क्षेत्रले उपत्यकाबासी एटमबममाथि बसेजस्तो खतरापूर्ण अवस्थामा’

काठमाडौं, जेठ ८ : संघीय संसद्का सदस्य रामवीर मानन्धरले काठमाडौं उपत्यकाभित्रका औद्योगिक क्षेत्रमा रहेका एलपी ग्यास उद्योग, पेट्रोल पम्प र बारुद कारखानाले उपत्यकाबासी एटमबममाथि उभिएको खतरापूर्ण अवस्थामा रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले काठमाडौं उपतयकाबाट औद्योगिक क्षेत्र हटाउन पनि माग गरे।

मानन्धरले भने, ‘बालाजु औद्योगिक क्षेत्रभित्र एक हजार मेट्रिक टनको ग्यास उद्योग छ । यदि त्यो विष्फोटन भयो भने के होला ? यस्तो भयावह अवस्थ छ।

त्योसँगै जोडिएका बारुद कारखानाहरू छन् । हाइटेन्सन लाइन छ । काठमाडौं उपत्यकाको रिङरोडवरिपरि शहरभित्रका पेट्रोलपम्पलाई नियालेर मनन गर्ने हो भने आज हामी काठमाडौं उपत्यकाबासी साँच्चै नै एटमबममाथि उभिएर बसेका छौँ।’

उनले साँच्चै शहर व्यवस्थित बनाउने र सुरक्षित औद्योगीकरणमा जाने हो भने औद्योगिक क्षेत्र उपत्यकाभन्दा बाहिर जानु अनिवार्य रहेको बताए । उनले भने, ‘राजधानीको धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थलहरू बचाउन । यहाँबाट उत्पादन हुने र यसलाई व्यवस्थापन गर्न ध्यान दिनुपर्छ।’

प्रकाशित मिति: १३:३० बजे, बुधबार, जेठ ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्