राप्रपाद्वारा मिडिया काउन्सिल विधेयकको विरोध
काठमाडौं, जेठ ८ : राष्ट्रिय प्रजातन्त्र पार्टीले मिडिया काउन्सिल विधेयकको विरोध गरेको छ।
हिजो बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको ब....

काठमाडौं, जेठ ८ : राष्ट्रिय प्रजातन्त्र पार्टीले मिडिया काउन्सिल विधेयकको विरोध गरेको छ।
हिजो बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मिडिया विधेयक संविधानको भावनविपरित भएको ठहर गरेको छ। मिडिया काउन्सिलसम्बन्धी विधेयकमा रहेका विवादास्पद प्रावधानलाई सम्बन्धित पक्षसँग छलफल गरेर संशोधन गर्न सरकारसँग माग गरेको छ। विधेयकका केही दफाले पत्रकारका हक, हित र स्वतन्त्रतालाई कायम गर्न नसक्ने ठहर गरेको हो।
राप्रपाले केन्द्रीय कार्य समितिको बैठक आगामी असार ६ र ७ गते काठमाडौँमा हुने भएको छ। बैठकको पहिलो दिन असार ६ गते हिन्दूराष्ट्र पुनःस्थापनाको माग गरी पार्टीले गत फागुनमा देशभरबाट सङ्कलन गरेको हस्ताक्षर सरकारलाई बुझाउने कार्यक्रम तय गरिएको छ।
त्यस्तै दोस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा यही जेठ २४ गते मुस्ताङको मुक्तिनाथबाट गरी गोरखामा समापन गरिने निर्णय भएको राप्रपा नेता देवेन्द्र प्रधानले बताए। उनका अनुसार यही जेठ १५ गते पार्टी स्थापना दिवस मनाउन प्रदेश ३ का अध्यक्ष विक्रमबहादुर थापाको संयोजकत्वमा समिति गठन गरिएको छ।
संसद्मा प्रस्तुुत भएका र प्रस्तुत हुने विधेयक सम्बन्धमा राप्रपाका सांसदलाई सल्लाह, सुझाव दिन नेता निरञ्जन थापाको संयोजकत्वमा विधेयक परामर्श समिति गठन गरिएको छ। पार्टीको अक्षयकोष स्थापना सम्बन्धमा सुझाव दिन प्रवक्ता नीलकण्ठ काफ्लेको संयोजकत्वमा समिति गठन गरिएको छ।











