Kathmandu Press

चिसोको कारण दुई दिन विद्यालय बन्द

बुटवल, माघ १५ : बाक्लो हुस्सु र अत्यधिक चिसो बढेका कारण रुपन्देहीको सैनामैनामा दुई दिन विद्यालय बन्द गरिएको छ। स्थानीय बिदाबाट कट्टी गर्ने गरी...
चिसोको कारण दुई दिन विद्यालय बन्द

बुटवल, माघ १५ : बाक्लो हुस्सु र अत्यधिक चिसो बढेका कारण रुपन्देहीको सैनामैनामा दुई दिन विद्यालय बन्द गरिएको छ। 

स्थानीय बिदाबाट कट्टी गर्ने गरी बिहिबार र शुक्रबार बिदा गरिएको सैनामैना नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले बताए। 

बालबालिकाको स्वास्थ्यलाई ध्यान दिँदै विद्यालय बन्द भएकाले सो निर्णय कार्यान्यवन गर्न विद्यालयलाई निर्देशन दिइएको छ। नगरपालिकामा कूल एक हजार ८३६ निजी तथा सार्वजनिक विद्यालय छन्। 

प्रकाशित मिति: १२:३१ बजे, बिहीबार, माघ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्