सुनको मूल्यमा झिनो गिरावट
काठमाडौं, माघ १५ : स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा झिनो गिरावट देखिएको छ। मंंगलबारका तुलनामा बुधबार तोलामा ७०० ले घटेको सुन आज भने...
काठमाडौं, माघ १५ : स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा झिनो गिरावट देखिएको छ। मंंगलबारका तुलनामा बुधबार तोलामा ७०० ले घटेको सुन आज भने तोलामा १०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ९२ हजार रुपैयाँ मूल्य निर्धारण भएको छ। छापावाला सुन बुधबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोवार भएको थियो। मंगलबार भने छापावाला सुन तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोवार भएको थियो।
यस्तै तेजाबी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। तेजाबी सुन बुधबार तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोवार भएको थियो। त्यस्तै चाँदी तोलामा पाँच रुपैयाँले घटेको छ। तोलामा बुधबार एक हजार २५० रुपौयँमा कारोवार भएको चाँदी आज भने एक हजार २४५ रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ।
प्रकाशित मिति: ११:५६ बजे, बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
