एघार सय ग्राम सुन र १७ लाखसहित एक जना पक्राउ
उनको घरमा खानतलासी गर्दा एक किलो १०० ग्राम सुन तथा १७ लाखभन्दा बढी रकम प्रहरीले बरामद गरेको हो ।
डोटीको केआइसिंह गाउँपालिका–६ सलेनाबाट प्रहरीले अवैध सुन र नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा केआइसिंह गाउँपालिका–६ सलेनाकी काली भुल रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार स्थानीय काली भुलका छोराले भारतबाट चोरी गरी ल्याएको सुन लुकाइछिपाइ राखेको भन्ने प्राप्त सूचनाका आधारमा उनको घरमा खानतलासी गर्दा एक किलो १०० ग्राम सुन तथा १७ लाखभन्दा बढी रकम प्रहरीले बरामद गरेको हो ।
जाेशीले भने, ‘सुन र रकम ल्याउने व्यक्ति फरार छन्, घरमा भएकी आमा काली भुललाई अनुसन्धानका लागि ल्याएको छौँ, विस्तृत अनुसन्धान शुरु भएको छ । पक्राउ परेकी भुललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी निरीक्षक जोशीले बताए ।
प्रकाशित मिति: १८:५९ बजे, बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











