Kathmandu Press

अनुशासित प्रतिनिधिसभा निर्माण गर्न निर्वाचन जरुरी छ : अर्थमन्त्री पौडेल    

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित प्रतिनिधिसभा निर्माण गर्न निर्वाचन जरुरी रहेको बताएका छन् ।
अनुशासित प्रतिनिधिसभा निर्माण गर्न निर्वाचन जरुरी छ : अर्थमन्त्री पौडेल    

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित प्रतिनिधिसभा निर्माण गर्न निर्वाचन जरुरी रहेको बताएका छन् । उनले आगामी वर्ष वैशाख १७ र २७ गते निर्वाचन हुने पक्का भइसकेका कारण निर्वाचनबाट असल प्रतिनिधि छनोट गर्ने अधिकार जनतालाई भएको बताए । 
     
बुटवलको चौराह–चिडियाखोला सडक विस्तार कार्यको आज शुभारम्भ गर्दै मन्त्री पौडेलले जनताको चाहनाविपरीतका कार्यले गर्दा प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जाने निर्णय सरकारले गरेको उल्लेख गरे ।

‘प्रतिपक्षभन्दा पनि आफ्नै दलको विरोधले गर्दा सरकारलाई समस्या भयो,’ मन्त्री पौडेलले भने, ‘छापामार शैलीमा अविश्वासको प्रस्ताव ल्याउने तयारी भएपछि प्रतिनिधिसभा विघटन गरी सरकार जनतासँग जाने निर्णमा पुगेको हो ।’    
  

प्रकाशित मिति: १८:३७ बजे, बुधबार, माघ १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्