कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु
काठमाडौं, माघ १४ : नेपालमा कोरोना संक्रमणको कारण थप ३ जनाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर ३ नाको कोरोना...
काठमाडौं, माघ १४ : नेपालमा कोरोना संक्रमणको कारण थप ३ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर ३ नाको कोरोना संक्रमितको मृत्यु भएसँगै देशभर मृतकको संख्या २ हजार २० पुगेको छ।
त्यस्तै, यो अवधिमा थप २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ३७५ जना पुगेको मन्त्रालयले जनाएको छ।
बुधबार थप २४६ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९ जना पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या तीन हजार २८६ मात्र रहेको छ। संक्रमितमध्ये २३ जनाको भेन्टिलेटर र १३९ जनाको आइसियूमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले बताए।
प्रकाशित मिति: १७:०१ बजे, बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











